काठमाडौं । नेपाली कांग्रेसले १४औं राष्ट्रिय महाधिवेशनको मिति सारेको छ । आज बसकेको पदाधिकारी बैठकले महाधिवेशनको मिति सारेको हो ।
आगामी भदौ ७ देखि १० गतेसम्म महाधिवेशन घोषणा गरेको कांग्रेसले ९ दिन पछाडि सार्दै आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने भएको छ ।
नयाँ तालिकाअनुसार क्रियाशील सदस्यता छानविन समितिलाई सदस्यता छानविनका लागि २० असारसम्म समय दिइएको छ । सदस्यको सूची समितिले सभापति देउवालाई बुझाएपछि २४ असारमा सार्वजनिक गरिने भएको छ ।
यस्तै, ६ साउनदेखि तल्लो तहको अधिवेशन सुरु गरिने भएको छ ।
Comment