लैनचौर-सोह्रखुट्टे वृतको प्रमुखमा डिएसपी प्रमेश बिष्टलाई खटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक खड्कालाई कारबाही स्वरुप महानगरीय प्रहरी परिसर काठमाडौंमा तानेपछि स्रोहखुट्टेको जिम्मेवारी प्रमेश बिष्टलाई दिइएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी बिष्टले प्रहरी प्रधान कार्यालयको निर्देशनमा लैनचौर (सोह्रखुट्टे) बृत प्रमुखको जिम्मेवारी पाएका हुन् । 

उनी नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका काविल अफिसर हुन् । गतबर्ष डीएसपीमा बढुवा भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएका थिए । उनले केही समय काठमाडौं प्रहरी प्रवक्ताको जिम्मेवारी समेत निभाइसकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।