दुई हजार धरौटीमा छुटे गणेश लामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । पोखराको लेकसाइड स्थित एक होटलबाट पक्राउ परेका नेपाली कांग्रेसका युवा नेता एवम् काभ्रे जिल्लाका प्रदेशसभा उम्मेदवार समेत रहेका गणेश लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार धरौटी लिएर छाडेको हो ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई पोखराको लेकसाइड स्थित एक होटलबाट पक्राउ गरेको थियो ।

कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले लामासहित पक्राउ परेका तीनै जनालाई रिहा गर्न आदेश दिएका हुन् । प्रजिअ गौतमको आदेशसँगै लामासहित पक्राउ परेका नेता चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।