भारतसँग दश महिनामा ७ खर्ब ३६ अर्बभन्दा बढी व्यापार घाटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालू आर्थिक वर्ष २०७७र ७८ को दश महिनामा नेपाललाई १० खर्ब १६ अर्ब ६३ करोड रुपैयाँ व्यापार घाटा भएको छ।

यो घाटा गत आवको यसै अवधिको तुलनामा १२.५ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा ९ खर्ब १६ अर्ब ६३ करोड व्यापार घाटा भएको थियो।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७र ७८ को पहिलो १० महिनामा नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ ।

जस अनुसार  १० महिनामा भारतसँग ७ खर्ब ३६ अर्ब व्यापार घाटा रहेको छ । नेपालको व्यापार घाटा बढी रहेको दोस्रो मुलुकमा चीन रहेको छ । चीनसँग १ खर्ब ८२ अर्ब २९ करोड व्यापार घाटा रहेको छ ।

अर्जेन्टिनासँग ३० अर्ब ४२ करोड, युएईसँग ३० अर्ब २२ करोड र युक्रेनसँग १३ अर्ब १५ करोड ५५ लाख रुपैयाँ व्यापार घाटा रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।