यी हुन् प्रधानमन्त्री ओलीले पत्याएका ८ नयाँ सारथीहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् भने रामबहादुर थापा बादलको पत्नी नैनकला थापालाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यसअघि गृहमन्त्रीमा भक्तपुरका सांसद महेश बस्नेतको पनि दाबी रहेको सञ्चारमाध्यमहरुले जनाए पनि आखिर गृहमन्त्रीमा अधिकारीले बाजी मारेका छन् ।

त्यस्तै नारदमुनी रानालाई वनमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुमा मोहन बानियाँ विनाविभागीय, ज्वालाकुमारी शाह कृषि, राजकिशोर यादव उद्योग मन्त्रालय, गणेश पहाडी सामान्व प्रशासन र आशा विक वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।