भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ : देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको १४औँ अधिवेशन हुने बताएका छन् । 

एकातिर कोरोना महामारी र अर्कोतिर महाधिवेशन अगाडिको महत्वपूर्ण काम क्रियाशीलता वितरण प्रक्रिया नै नटुङ्गिएको अवस्थाबीच देउवाले महाधिवेशन भदौमा हुने बताएका हुन्।

बुधबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु, २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिबद्ध छु।’

उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूर्ण राजनीतिक अभियान भएको बताए। महाधिवेशन पार्टीको जीवन्तताका लागि महायन्त्र हो भन्ने राम्ररी बुझेको पनि देउवाको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।