सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीले असार १९ गते बिहिबार विशेष साधारणसभामा पेश गर्ने गरि आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.००६ गरि कुल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । 

३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले तीन करोड ४० लाख  कित्ता सेयरको  १५ प्रतिशत अर्थात ६०८ लाख कित्ता आईपीओ जारी गर्दैछ । ७५० रुपैयाँ प्रतिकित्ता हुने गरी यसले आईपीओ जारी गर्ने कम्पनीको तयारी छ  । बुक बिल्डिंग विधिबाट आइपीओ ल्याउन तयारीमा सार्वोत्तम सिमेन्टको बोनस घोषणासँगै कम्पनीमा अझ लगानीकर्ताको आकर्षण बढ्ने देखिन्छ ।  

सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनका लागिग्लोबल आईएमई क्यापिटल लिमिटेड, सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।