मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । 

उनले जेठ २७ गते मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन् । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनु पर्ने नियम रहेको छ । 

गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्य ६० जना रहेका छन् । त्यसमध्ये गुरुङको पक्षमा २८ मत छ । सरकार जोगाउन ३१ मत चाहिन्छ । 

प्रदेशसभामा विपक्षी गठबन्धनमा कांग्रेस १५, माओवादी १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चासँग तीन र जनता समाजवादी पार्टीसँग दुई सांसद छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।