बौद्धमा बोरोभित्र मान्छेको खुट्टा र घुँडा मात्रै, हत्या अन्यत्रै गरिएको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा भेटिएको शंकास्पद बोरामा प्याक गरिएको अवस्थामा खुट्टाको भाग मात्रै फेला परेको छ। आज बिहान फ्यालिएको अवस्थामा प्रहरीले बोरा फेला पारेको थियो। 

घटनास्थलमा रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले खुट्टाको दुई भाग मात्रै प्याक गरेर फालेको अवस्थामा भेटिएको जानकारी दिए।

‘घुँडा र घुँडा भन्दा मुनिको खुट्टाको दुई भाग मात्रै देखिएको छ,’उनले भने,‘अन्य ठाउँमा जलाएर त्यहाँ ल्याएर फालेको जस्तो देखिन्छ।’

उनका अनुसार घटनास्थलमा कार्पेट काट्न प्रयोग गरिने ब्लेड पनि फेला परेको छ। 

‘प्रहरीको टोलिले घटनास्थलमा तालिम प्राप्त कुकुर र अन्य प्राविधिक पाटोबाट अनुसन्धान गरिरहेको छ,’उनले भने,‘अनुसन्धानका क्रममा केही खुल्ला। अहिले यकिन केही भइसकेको छैन।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।