काठमाडौं । काठमाडौंको बैद्धस्थित नयाँ बस्तीमा शव भेटिएको छ ।
आज बिहान बोरामा शव फेला परेको स्थानीयले बताएपछि प्रहरी टोली पुगेर अनुसन्धान थालेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले कसैले हत्या गरेर शव फालेकाे हुनसक्ने आशंका गरेको छ ।
Comment