तरुनी च्यापेर डेटिंग जाने निर्देशकलाई कारवाही गर्न गृहको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । कोरोना भाइरस संक्रमणका कारण यतिबेला काठमाडौँ उपत्यका  लगायत देशभर निषेधाज्ञा जारी छ । अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन रोक लगाईएको छ ।

यस्तो अवस्थामा सरकरी गाडी नै लिएर डेटिंग गएका नयाँ शहर आयोजना समन्वय कार्यालयका निर्देशकलाई कारवाहीका लागि गृह मन्त्रालयले निर्देशन दिएको छ।

आइतबार काठमाडौंको स्वयम्भूनाथमा ‘प्रदेश नं ३–०१–००२ – ४९२२ नम्बरको सरकारी गाडीमा डेटिंग पुगेका उनलाइ मन्त्रालयले निशेषाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई कारबाहीका लागि पत्र पठाएको हो ।

आइतबार निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युवतीसँग डेटिङमा लिप्त, तस्बिर र भिडियो सार्वजनिक भएको काण्डमा सरकारी आयोजनाकै प्रमुख रोशन श्रेष्ठ मुछिएका थिए।

आयोजना प्रमुख  श्रेष्ठ  र कार्यालयमै करारमा कार्यरत (इन्जिनियर) युवती लाइ स्थानीयहरुले आपत्ति जनक अबस्थामा फेला पारेका थिए । 

सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।

स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मोजमस्तीमा लिप्त देखेपछि उनले तस्बिर तथा भिडियो कैद गरेर सामाजिक सन्जालमा हालेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।