हवाई इन्धनको मूल्य घटाउन पर्यटन मन्त्री ढकालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन्। 

मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल लगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन्।

अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।