‘चुरे दोहन गरेर व्यापार घाटा कम गर्छु भन्नु घर जलाएर खरानीको व्यापार गर्छु भन्नुजस्तै’ : कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बजेटमार्फत चुरे दोहनलाई प्रोत्साहन गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

सभापति देउवाले बुधबार एक विज्ञप्ति जारी गर्दै खानीजन्य निर्माण सामाग्री दोहन गरी निकासी गर्ने कार्यक्रम तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएका हुन् । 

‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले चुरे संरक्षणका लागि सुशील कोइराला नेतृत्वको तत्कालीन कांग्रेस सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गरेको स्मरण समेत गराएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।