फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनचाँदीको भाउ बढ्नेक्रम जारी छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा तीन सयले बढेको हो ।

सोमबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।सुन तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ । सोमबार ९४ हजार २०० कायम गरिएको थियो, आइतबार ९४ हजार थियो । यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७० पुगेको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।