नेप्सले ऐतिहासिक उचाइ चुम्दा १३ अर्ब ९० करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

साताको कारोबारको दोस्रोदिन नेप्सेले सर्वाधिक २८८२ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २८८२  विन्दु नाछेको यो इतिहासमै पहिलोपटक हो । यसअघि १६ गते आइतबार  हालसम्मकै उच्च २८२७ विन्दु चुमेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१८ कम्पनीको १३ अर्ब९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५  कित्ता शेयर किनबेच भएका छन् । 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटा समूहको परिसूचकमा हरियालीे छाएको छ भने २ समूहको सूचक राताम्मे भएको छ 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।