ब्ल्याकमेलिङ गरेर रकम माग्ने प्रवृत्ति बढ्यो, सजग रहनू : नेपाल प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमार्फत अपराध गर्ने गिरोह सक्रिय भएको जानकारी गराउँदै नेपाल प्रहरीले यसतर्फ सचेत हुन सर्वसाधारणमा आग्रह गरेको छ ।  व्यूरोले आईतबार एक विज्ञप्ति जारी गर्दै अपरिचित व्यक्तिसँग भिडियोकल तथा भ्वाइसकल नगर्न आग्रह गरेको हो । 

विगत केही समयदेखि केही व्यक्ति/आपराधिक समूहहरुले प्रविधिको दूरूपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कल गरी रकम माग गर्ने गरेको साइबर ब्यूरोले जानकारी दिएको छ । 

अपरिचित व्यक्तिले अश्लिल क्रियाकलाप देखाई सम्बन्धित व्यक्तिलाई उक्साई अनैतिक/अश्लिल क्रियाकलापमा संलग्न हुने वातावरण बनाई अनैतिक/अश्लिल क्रियाकलापलमा संलग्न गराए पश्चात उक्त भिडियो कलको रेकर्ड गरी साइबर अपराधमा फसाइदिन्छु भन्दै धम्की दिने गरेको ब्यूरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

‘सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो क्रियाकलाप प्रति सजग रहन तथा आपराधिक व्यक्ति तथा समूहको सिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारको भिडियोकल तथा भ्वाइसकल नगर्न हुन सम्बन्धित सबैको लागि जानकारी तथा जनचेतनाका लागि सूचित गरिन्छ,’ ब्यूरोको विज्ञप्तिमा भनिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।