एमालेको स्थायी समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले स्थायी समिति बैठक आइतबार बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी स्थायी समिति बैठक बोलाएको समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

पार्टीबाट निष्काशित वरिष्ठ नेता माधव नेपालपक्षका अन्य नेतालाई सोधिएको स्ष्पटीकरणका सन्दर्भमा छलफल गर्न र पार्टीका आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

सोमबार बसेको एमालेको स्थायी समिति बैठकले नेपालपक्षका ११ जना नेतालाई निष्काशित गर्दै नेपालपक्षका थप १२ जना नेतालाई कारबाही गरिने निर्णय गरेको थियो ।  

बुधबार १२ घन्टे अल्टिमेटम दिँदै पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण पत्र पठाएका थिए । 

उनीहरुलाई एमालेको सरकार ढाल्न र विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै हस्ताक्षर गरेको ठहर गर्दै स्पष्टीकरण पत्र पठाइएको थियो ।  तर उनीहरुले स्ष्पष्टीकरणको कुनै जवाफ दिएका छैनन् । 

एमाले संस्थापन नेताहरुकाअनुसार आइतबारको बैठकमा उक्त स्पष्टीकरणबारे छलफल गरी नेताहरुलाई कारबाही अगाडि बढाइने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।