सरकार छैन मेराे देशमा
छ त बस केही पटमुर्खहरू छन्
जाे ओखति गर्दैन बिमारीकाे
हल्ला फिजाउँछ
मन्त्रिलाई सपथ खुवाउँछ
तारे हाेटलमा भाेज खुवाउँछ
खालि अक्शिजनकाे भाँडाे ठडाउँछ
महामारीमा सबैलाई रूवाउँछ
कुर्सीमा बसि तमासा देखाउँछ
केही गर्छुभन्दै आर्यघाटमा लास पठाउँछ ।
सरकार छैन मेराे देशमा
छ त बस केही घुसखाेरहरू छन्
जाे हरेकदिन मान्छे मरेकाे खबर अखबारमा पठाउँछ
खेँलाचि गर्दै ङिच्च दाँत देखाउँछ
नाईटाे देखिकाे बल लगाएर दिनरात डर देखाउँछ
अब्यबस्थाकाे भुमरीमा खसाउँछ
रित्ता घरमा बेडकाे सट्टा नाफाकाे हिस्सा खाेज्दछ
सरकार छैन मेराे देशमा
छ त बस केही काण्डहरू छन्
जसले केही गर्छु भन्छ झ्यालबाट लुत्त पस्छ
ढाेकाबाट सारा लुटेराहरूकाे स्वागत गर्छ
सारा उपद्रव मच्चाउँछ
भएभरका सुकुलगुण्डा मन्त्री बनाउँछ
राेगकाे उपचार गर्न सक्दनाै भन्दै दुईहात माथि उठाउँछ
सरकार छैन मेराे देशमा
छ त बस बिदेशिकाे गुलामि
जाे हरेक समय सरकार बनाउन बिदेशिकाे हजुरिया खाेज्छ
दालालहरूकाे ईच्छामा जनतालाई सिलटिमुर खुवाउँछ
प्रिय हामी जनता
सरकार छैन हाम्राे देशमा
हामी टुहुराे भएका छाै
हामि किराकाे जति ठुलाे सम्मान छ याे जगतमा
त्यति पनि छैन रहेछ ,
हामीलाई चुनावका लागि जनता बनाईएका मात्र रहेछाै
दुख महामारीमा हाैसला र भरासाकाे बदलामामा
आर्यघाट तिर बाटाे देखाउँछ।
प्रल्हाद पुडासैनी नुवाकोटका युवा यवा कवि हुन् । साहित्य र दर्शनका विषयमा कलम चलाउँदै आएका उनी सामाजिक सेवाको क्षेत्रमा समेत क्रियाशील छन् ।
Comment