कर्मचारीको तलब रु. २ हजार बढ्यो, कर्मचारीको बीमा प्रिमियम सरकारले तिरिदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कर्मचारीको तलब एकमुष्ठ रु. २ हजार बढाएको छ ।

कोरोनाभाइरस महामारीका कारण तलबमा उच्च वृद्धि गर्ने अवस्था नरहेकाले रु. २ हजार मात्र बढाउन सकिएको आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

हरेक दुई वर्षमा कर्मचारीको तलबमा सापेक्षित वृद्धि गर्दै आएको सरकारले यसपालि त्यो परम्परा तोड्दै नगदमा तलब बढाउने घोषणा गरेको हो ।

त्यस्तै निजामती कर्मचारी १० लाखको दुर्घटना र १ लाखको सामुहिक बीमाको प्रिमियम सरकारले तिरिदिने भएको छ ।

त्यसका साथै बजेटले कर्मचारीका सन्तानको शिक्षामा पनि सहयोग गर्ने नीति लिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।