काठमाडौं । सांसद विकास कोष कार्यक्रम खारेज गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले कार्यक्रम खारेज भएको बताएका हुन् ।
यसअघि सांसदहरुले आफ्नो क्षेत्रमा विकास रकम खर्च गर्न पाउनेगरी सांसद विकास कोष बनाइएको थियो।
चालु आर्थिक वर्षमा मात्रै यसका लागि ६ अर्ब ६० करोड बजेट विनियोजन गरेको थियो।
सांसद विकास कोष खारेज गर्नुपर्ने आवाज उठ्दै आएको थियो।
Comment