पत्रकारको निःशुल्क उपचार, सञ्चार गृहलाई सहुलियत कर्जा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले पत्रकारको उपचार निःशुल्क गरिदिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले मुलुकभरका सरकारी अस्पतालहरुमा पत्रकारलाई निःशुल्क उपचार गरिदिने बताएको हो ।

त्यसका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतसँग मिलेर कार्य गरिने भएको छ ।त्यसैगरी, सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरिएको छ ।

कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा ल्याइने पौडेलले बताए ।

तीलगंगास्थित सञ्चार ग्राममा सञ्चार संग्रहालय पनि स्थापना गरिने भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।