याङग्री र लार्केको पानी काठमाडौं ल्याउन ३ अर्ब ५१ करोड विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदीको पानी काठमाडौं ल्याउने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।

आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदिको ३४ करोड लिटर पानी दैनिक काठमाडौं आउने गरि कार्यक्रम तय गरिएको बताएका हुन् ।

त्सका लागि ३ अर्ब ५१ करोड रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ । सो आयोजनाको सुरुङ मार्ग निर्माणको काम आगामी आर्थिक वर्षभित्रै आरम्भ गरिनेछ ।

त्यस्तै, सरकारले उपत्यकाको एक लाख १० हजार घर धुरीमा मेलम्चीको पानी वितरण गर्ने योजना पनि बजेटमा समावेश गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।