चक्रपथमा तीन फ्लाइओभर, तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण थालिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले चक्रपथ विस्तारमा आगामी वर्षका लागि रु. २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरेका हुन् ।

चक्रपथको एकान्तकुना, ग्वार्को र अर्को एक स्थानमा फ्लाइओभर बनाइने भएको छ । त्यस्तै कलंकी चक्रपथ सडक खण्डको विस्तारको कार्य थालिने र दुई वर्षमा सम्पन्न गरिने भएको छ ।

तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण पनि आगामी आवमा थालिने पौडेलले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।