कोरोनाबाट मृत्यु भएका सन्तानलाई छात्रवृत्ति, शैक्षिक च्यानल सञ्चालन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।

आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने भन्दै मन्त्री पौडेलले नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने पनि बताए ।

चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

त्यस्तै सरकारले रसुवा, महोत्तरीलगायतका १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।