कृषि क्षेत्रमा बजेट बढेर ४५ अर्ब ९ करोड पुग्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन भएको छ । सरकारले कृषिमा बजेट विनियोजन गर्दै ४५ अर्ब बढी विनियोजन गरेको हो । 

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित हो ।

यस्तै पौडेलले कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको बताए । 

रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्ने योजना रहेको बताए । 

किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र मल उत्पादन कारखाना खोल्नको लागि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।