उद्योगलाई केबल कार बनाउन सघाइने, अग्र्यानिक प्रमाणीकरण शुल्क सरकारले ब्यहोर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले उद्योगबाट निर्यात विन्दुसम्म केबल कार बनाउन प्रोत्साहन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यातमुलक उद्योगलाई यस्तो सुविधाका लागि सहयोग गरिने बताए ।

सरकारले अग्र्यानिक प्रमाणिकरणका लागि चाहिने शुल्क छुट दिने भएको छ ।

स्वस्थ्य र वातावरणलाई हानी गर्ने वस्तुको आयात नियन्त्रण गरिने पनि उनले बताए ।

त्यसैगरी, नेपाल र भारत सिमानामा रहेका एकीकृत जाँच चौकीलाई रेलवेसँग जोडिने योजना छ भने रसुवाको टिमुरेमा निर्माणाधीन ड्राइ पोर्ट आगामी आर्थिक वर्षमा सम्पन्न हुने पनि पौडेलले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।