कृषिमा विचौलियाको अनुचित गतिविधि नियन्त्रण गरिने, धुलो दुध कारखानालाई अनुदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कृषिमा विचौलियाको अनुचित गतिविध नियन्त्रण गरिने बताएको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

उनले दुध र चामलमा नेपाललाई आत्मनिर्भर बनाइने पनि बताए ।

दुग्धजन्य उत्पादनको खपत बढाउन धुलो दुध कारखानलाई अनुदान पनि व्यवस्था गरिएको छ ।

त्यस्तै हरेक जिल्लाका कृषि ज्ञान केन्द्रमा कृषि विज्ञानमा स्नातक गरेकाहरुलाई एक वर्षका लागि करारमा खटाइने पनि बजेटमा उल्लेख छ ।

आधुनिक पशु बधशाला पनि प्राथमिकतामा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।