२३.४ प्रतिशत नागरिक बीमाको पहुँचमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा २३.४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा २३.४  नागरिकमा बीमाको पहुँच पुगेको  हो ।

चालू आर्थिक वर्षको सर्वेक्षणअनुसार वैदेशिक रोजगार र म्यादी जीवन बीमासमेत गणना गर्दा यो संख्या २६ प्रतिशत पुगेको छ। 

गत फागुनसम्म जीवन बीमाका १ हजार ९६९ र निर्जीवन बीमाका ९३६ गरी २ हजार ९०५ शाखा संख्या पुगेको अर्थ मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम बीमकको संख्या छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।