उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ, उल्लंघन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा २० जेठसम्म निषेधाज्ञा थपिएको छ। 

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयहरुले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने विरुद्ध थप कठोर हुने जनाएका छन् ।

झण्डै एक महिनादेखि सुरु भएको निषेधाज्ञाका कारण कोभिड-१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको हप्ता भने आदेशको कडाइका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुन लागेका हुन् ।

यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ । आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने प्रशासन कार्यालयले जनाएको  छ ।

गम्भीर रूपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। उनका अनुसार, ‘सङ्क्रमण नियन्त्रण गर्नैपर्ने छ, आम नागरिकलाई भन्छु एक हप्ता कष्ट सहेरै भए पनि घरमै बसौँ ।’

बढ्दो संक्रमण रोक्न काठमाडौं प्रशासन कार्यालयले सूचना नै जारी गरेरै कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अत्यावश्यक रहेका उल्लेख गर्दै उल्लंघन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइसकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।