प्रतिनिधि सभा विघटनविरूद्ध देशैभर प्रदर्शन गर्न तरूण दलको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल तरूण दलले देशैभर प्रदर्शन गर्न निर्देशन दिएको छ।

कोरोनाभाइरस महामारी रहेका बेला भएकोले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर प्रदर्शन गर्न ७७ वटै जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेको अध्यक्ष जितजंग बस्नेतले बताए।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले षड्यन्त्रपूर्वक प्रतिनिधि सभा विघटन गरेकोले महामारीका बीच पनि प्रदर्शन गर्न आफूहरू बाध्य भएको बस्नेतको भनाइ छ।

तरूण दलले वाइसीएल, युवा संघ, समाजवादी युवा संघ, विवेकशील साझा युवा संगठनलगायतसँग सहकार्य गर्दै देशैभर प्रदर्शन गर्न आफ्ना जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेको हो।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ –

यही मिति २०७८  जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीद्वारा षड्यन्त्रपूर्वक तरिकाले गरिएको जनताको सर्वोच्च निकाय प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वयच्छाचारी र प्रतिगामी भएको नेपाल तरुण दल केन्द्रिय समितिको ठहर छ । उक्त कदम ईतिहासमै जनता र जनप्रतिनिधि जनप्रतिनिधिहरुको साझा थलो संसद माथी गरिएको  सबैभन्दा ठूलो धोका र गद्दारीपुर्ण कार्य हो उक्त कदमको नेपाल दल घोर निन्दा र भर्त्सना गर्दछ । कोरोना महामारीले देश र जनता आक्रान्त भएको संकटपुर्ण यश अवस्थामा जनतालाई सहज उपचारको व्यवस्था मिलाउने कार्यलाइ बेवास्ता गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नु देश र जनताप्रतिको गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्य माथिको गम्भीर खेलवाड अक्षम्य अपराध हो । नेपाल तरुण दलले नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न प्रधानमन्त्रीबाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा नेपाल तरुण दल संग सहकार्य गर्ने अन्य राजनीतिक दलका युवा संगठनहरु योङ कम्युनिष्ट नेपाल (Y.C.L), समाजवादी युवा संघ–नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, विवेकशिल साझा युवा संगठन  संग समन्वय र छलफल अघि बढिसकेको कुरा यहाँहरुलाइ सर्बबिधितै छ । यसै सन्दर्भमा नेपाल तरुण दलको त्यस जिल्ला समितिसंग  उल्लेखित सहकार्य गर्ने युवा संगठनहरु संग चुनावको नाटक गर्ने प्रधानमन्त्री र त्यसलाई सघाउने राष्ट्रपतिको राष्ट्रघाती कदमका विरुद्धमा समन्वय गरी संयुक्त संघर्षको कार्यक्रम (कोरोना भाईरस कोभिड-१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्दै ) गर्न यो परिपत्र गरिएको छ । 

जय नेपाल ।

जित जङ्ग बस्नेत 

अध्यक्ष

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।