काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आलेले अक्सिजन सिलिण्डरमा आफ्नो फोटो सहितको स्टिकर टाँसेपछि सामाजिक सञ्जालमा त्यसको तस्बिर भाइरल भइरहेका छन् ।
जनता मृत्युसँग लडिरहेका बेला चीनले अनुदानमा दिएको सिलिण्डरमा आफ्नो फोटो टाँसेर राजनीति गरेको भनी उनको निकै आलोचना भइरहेको छ । मन्त्री आलेको व्यक्तिगत सहयोगमा भन्दै उनको फोटो टाँसिएका अक्सिजन सिलिण्डर चीन सरकारको अनुदानमा दिएका सिलिण्डर पनि छन्।
ती सिलिण्डर उनले सुदूरपश्चिम प्रदेशमा ल्याएका हुन्। चीन सरकारले बैशाख २१ गते २ हजार अक्सिजनको खाली सिलिण्डर नेपाललाई अनुदानमा दिएको थियो ।
विभागले दिएको सिलिण्डरमा पनि मन्त्रीले आफ्नो फोटो अंकिट स्टिकर टाँसेका छन्। जुन चीन सररकाले नेपाललाई अनुदानमा दिएका सिलिण्डर हुन् ।
वन तथा वातावरण मन्त्री प्रेम आले डोटी जिल्लाबाट निर्वाचित सांसद समेत हुन्। उनले गृहजिल्ला डोटीका अस्पतालमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि, सर्जिकल मास्क १ लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर, ३० एचडियु शय्या, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजर लगायत छन्।
उनले डोटी पुर्याएका सिलिन्डर देखि औषधीका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन्।
Comment