ला लिगाको उपाधि एथ्लेटिको मड्रिडलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी। स्पेनिस ला-लिगा अन्तर्गत एथ्लेटिको मड्रिडले सन् २०२०/२१ सिजनको उपाधि जितेको छ।

शनिबार सम्पन्न लिगको अन्तिम खेलमा भल्लाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एथ्लेटिकोले यस सिजनको ला लिगाको उपाधि जितेको हो ।

एथ्लेटिको जितमा एंगल कोरिया र लुसी स्वरेजले एक एक गोल गरेका हुन् । स्वरेजले १-१ गोलको अवस्थामा निर्णायक गोल गर्दै एटलेटिकोको जित सुनिस्चित गरेका थिए ।

डिएगो सिमियोनेको प्रशिक्षणमा रहेको एथ्लेटिकोले गए राति भ्यालाडोलिडलाई २-१ गोलले पराजित गर्दै सन् २०१३/१४ पछिको पहिलो उपाधि जितेको हो। २५ वर्षको अन्तरालमा एथ्लेटिकोको यो मात्र तेस्रो उपाधि हो।

यस्तै गत वर्षको विजेता रियल मड्रिडले पनि आफ्नो अन्तिम खेलमा भिल्लारियलविरुद्ध उत्कृष्ट पुनरागमन जित निकालेको थियो। आफ्नो अन्तिम खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गरेको रियल दोस्रो स्थानमा रहन पुग्यो।

त्यस्तै रेलिगेसनमा परेको इबारलाई पराजित गर्दै बार्सिलोनाले तेस्रो स्थानमा चित्त बुझायो। सेभिया, जसले आईतवार आफ्नो अन्तिम खेल खेल्दै छ, चौथौं स्थानमा पक्का देखिएको छ।

एथ्लेटिकोसँग दुई लिग उपाधि जित्ने सीमियोने तेस्रो प्रशिक्षक बनेका छन्। यसअघि रिकार्डो जमोरा र हेलेनियो हरेराले यो कीर्तिमान रचेका थिए।

एथ्लेटिकोसँग हारको नतिजा बेहोरेको भ्यालाडोलिड भने यस वर्ष ला-लिगाबाट रेलिगेट भएको छ।

१८औं मिनेटमा नै खेलमा पछि परेको एथ्लेटिकोले दोस्रो हाफमा कमब्याक गरेको थियो। एथ्लेटिकोले कमब्याक गर्ने क्रममा बार्सिलोनाका पूर्व स्ट्राइकर लुइस सुआरेजले विजयी गोल गरेका थिए।

यसै वर्ष बार्सिलोनाबाट एथ्लेटिको मड्रिड आएका सुआरेज एथ्लेटिकोका लागि सर्वाधिक गोलकर्ता पनि भएका छन्। उनले ३२ खेलमा २१ लिग गोल गरे। ३४ वर्षीय सुआरेजको यो ५औं लिग उपाधि हो।

बार्सिलोनाबाट उनलाई उमेरकै कारण निकालिएको थियो, र उनले एथ्लेटिकोलाई लिग जिताएर बार्सिलोनाको निर्णयमा ठूलो प्रश्न चिन्ह पनि लगाइदिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।