अब रेम्डेसिभिर नेपालमा उत्पादन हुने, १ महिनाभित्र बजारमा आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ ।औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।

विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिए। औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ ।

यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब ५ हजार पर्छ । नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको जानकारी दिए। यही जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र १५ दिनपछि उत्पादन गरेर बजारमा पुर्याइने बताइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।