म्यानचेस्टर युनाईटेड र फुलहमको बराबरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र फुलहमले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको खेलमा युनाईटेड र फुलहमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाड्न बाध्य भयो ।

ओल्ड ट्राफोर्डमा १५औँ मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

७६ औँ मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै युनाईटेड ३७ खेलमा ७१ अंकसहित दोस्रो स्थानमा यथावत छ । फुलहम २८ अंकसहित १८औँ स्थानमा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।