काठमाडौं । बुधबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर ४२ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लम्जुङ केन्द्रबिन्दु बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्यूडको परकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु जमीनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको केन्द्रले जनाएको छ ।
भूकम्पले सामान्य क्षतिसमेत गरेका विवरणहरु प्राप्त भएका छन्। भूकम्पले लमजुङको मरस्याङ्दी गाउँपालिका- ३ खुदी तरापुका बासुदेव खत्रीको घर भत्किएको छ।
त्यसैगरी लमजुङकै बेसिशहर नगरपालिकाको चनौटेमा पनि एक घर भत्किएको छ। घर भत्किँदा एक जना घाइते भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य मधुमाया अधिकारीले जानकारी दिइन्।
भूकम्पको केन्द्रविन्दु आसपास क्षेत्रमा सुख्खा पहिरोसमेत खसेको स्थानीयले बताएका छन्। भूकम्पपछि स-साना परकम्प जाने क्रम जारी रहेको स्थानीयबासीको भनाई छ।
Comment