प्रधानमन्त्रीको सपथविरूद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथविरुद्ध परेका रिटको सुनवाई प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा आफैंले गर्ने भएका छन् ।

ओलीले गत शुक्रबार लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेका पाँच वटा रिट परेका थिए । ति सबै रिटको सुनवाई प्रधानन्यायाधीश राणाको एकल बेन्चमा हुने भएको छ ।

सपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक काम भएको भन्दै वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उच्चारण गराउँदा पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।