काठमाडौं । दोस्रो लहरमा नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना संक्रमण भएको छ । यसबीचमा दुईजनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकाकै छन् । पछिल्लो समय प्रहरीले संगठनमा भएको संक्रमणको विवरण सार्वजनिक गर्न मानेको छैन ।
पहिलो चरणमा संक्रमणमा ६ जना प्रहरीले ज्यान गुमाएका थिए । यो सँगै कोभिड–१९ बाट ज्यान गुमाउने प्रहरीको संख्या ८ पुगेको छ ।
Comment