बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गएरातिदेखि आज बिहानसम्म भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेजमा २ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। 

भेरी अस्पतालमा मृत्यु हुनेहरुमा नेपालगन्जकी ६२ वर्षीया महिला, खजुराका ८५ वर्षीय पुरुष, सुर्खेत गुर्भाकोटका ६८ वर्षीय पुरुष र दाङ तुल्सीपुरका ५० वर्षीय पुरुष छन्। 

यस्तै नेपालगन्ज मेडिकल कलेजमा कपिलवस्तु शिवराजका ३८ वर्षीय पुरुष र बर्दिया मधुवनका ६५ वर्षीय पुरुषको मृत्यु भएको वलीले जानकारी दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।