काठमाडौँ । कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएको गुनासो गरे पनि सरकारले भने ठूलो संख्यामा बेड खाली रहेको जनाएको छ।
अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभावमा संक्रमितले ज्यान गुमाउनु परेको तथ्यहरु छन् । तर सरकारले भने काठमाडौं उपत्यकामा ठूलो संख्यामा बेड खाली रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार एक विवरण सार्वजनिक गर्दै उपत्यकाका १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड, २ सय २१ आईसीयू बेड र ६९ भेन्टिलेटर पनि खाली रहेको खाली रहेको जनाएको हो ।
ती अस्पतालहरुमा आइसोलेसन बेडको कूल क्षमता २३ सय ८६ रहेकोमा १६ सय ३६ जना मात्रै बिरामीको उपचार भइरहेको छ । ४ सय ६४ आईसीयू बेड रहेकोमा २ सय ४३ जना बिरामी छन् भने भेन्टिलेटरमा १ सय ३३ जनाको उपचार भइरहेको छ । यी अस्पतालमा २ सय २ भेन्टिलेटर छन् ।
Comment