एस्टन भिल्लाविरुद्ध क्रिस्टल प्यालेसको पुनरागमन जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लाविरूद्ध पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा क्रिस्टलले एस्टन भिल्लालाई ३-२ गोलले पराजित गरेको हो ।

खेलको १७औँ मिनेटमा जोन म्याकगिनले गोल गर्दै एस्टनलाई अग्रता दिलाए पनि त्यो अग्रता ३१ मिनेटभन्दा बढी टिकेन । ३२औँ मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याए ।

४३औँ मिनेटमा अनवर एल घाजीले गोल गर्दै एस्टनलाई २-१ को अग्रता दिलाए । तर यो अग्रता पनि दोस्रो हाफको ७५ औँ मिनेटभन्दा बढी रहेन ।

७५औँ मिनेटमा विलफ्रेड जाहाले गोल गर्दै क्रिस्टललाई २-२ गोलको बराबरीमा ल्याए । ८४औँ मिनेटमा ट्रीक मिचेलले गरेको गोल निर्णायक बन्यो र अन्ततः क्रिस्टलले खेल ३-२ ले जित्यो ।

जितसँगै ३६ खेलमा ४४ अंक जोडेको क्रिस्टल लिगको १३औँ स्थानमा छ । ४९ अंक रहेको एस्टन ११औँ स्थानमा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।