काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा सक्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो महानगरभित्रका सबै विद्यालयहरूलाई जेठ २० गतेसम्म परीक्षा सक्न निर्देशन दिएको छ ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना निकालेर शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर परीक्षा लिनसक्न निर्देशन दिएका हुन् ।

सूचनामा अनलाइन/अफलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएर लगायत विद्यालय अनुकूल हुने गरी परीक्षा लिन आग्रह गरिएको छ ।

जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।