काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट अध्यादेशबाट नआउने बताएका छन् ।
आज आइतबार नेकपा एमाले विवाद मिलाउन सिँहदरबारमा वरिष्ठ नेता माधव कुमार नेपालसँग बसेको छलफलपछि सञ्चारकर्मीलाई प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले प्रतिनिधि सभा जिवितै रहेको बताउँदै नियमित प्रक्रिया बाटै बजेट ल्याउने स्पष्ट पारे । तर, सरकारले बजेट अधिवेशन समेत आव्हान गर्न सकेको अवस्था छैन । संसदमा विस्वासको मत गुमाएर फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओली एक महिनापछि पुनः विस्वासको मत लिनुपर्ने अवस्थामा छन् ।
ओलीलेअध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको बताउँदै
आज ओली र नेपाल बसेको वान टु वान वार्तामा एमाले विवाद मिलाउन १० जनाको कार्यदल गठन भएको छ ।
Comment