काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशमा तत्काल स्वास्थ्य संकटकाल घोषणा नगर्ने निर्णय गरेको छ ।
बैठकको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल ‘स्वास्थ्य संकटकाल’ को सम्भावना नरहेको बताए ।
मन्त्री ज्ञवालीले संक्रामक रोग ऐन, २०२० मा भएका व्यवस्था र कार्यान्वयको विश्लेषण नगरी स्वास्थ्य संकटकाल लगाउने कुरा हतारो हुनसक्ने उल्लेख गरे ।
‘रिजल्ट आउने भयो भने मात्र स्वास्थ्य संकटकाल लगाइन्छ । महामारीविरुद्ध युनिफाइड ढंगबाट अघि बढ्नु नै अहिलेको आवश्यकता हो’, उनले भने ।
Comment