काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।
आइतबार पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।
जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।
कार्यदललाई तीन दिनको समय दिइएको छ ।
Comment