नुवाकोट । कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ब्लड अन रिक्वेष्ट नुवाकोटले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
आज एक कार्यक्रमबीच ब्लड अन रिक्वेष्ट नुवाकोट समुहका प्रतिनिधिहरुले जिल्ला प्रहरी कार्यालय नुवाकोट र सशस्त्र प्रहरी गुल्म नम्बर १९ लाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
ब्लड अन रिक्वेष्ट समुहका प्रतिनिधि पारस अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई एकसय १० फेस सिल्ड र सशस्त्र प्रहरी गुल्म नम्बर १९ लाई ७० फेस सिल्ड र एक जार सेनिटाईजर वितरण गरेको जानकारी दिए ।
Comment