एनएमबी बैंकको २० लाख कित्ता ऋणपत्र विक्री खुला, कहाँबाट दिने आवेदन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबी बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला गरेको छ । 

बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो । २० लाख कित्तामध्ये १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने तथा ८ लाख कित्ता(सो मध्ये ५% सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका निष्काशन गरिनेछ । 

बैंकले १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर  भएको “एनएमबि ऋणपत्र ८.५०%- २०८७/८८” जारी गर्न लागेको हो ।

लगानीकर्ता उक्त ऋणपत्रमा जेठ २ गतेदेखि छिटोमा जेठ ५ गते र ढिलोमा जेठ १६ गतेसम्म न्यूनतम २५ कित्तादेखी अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कहाँ- कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं, एनएमबि बैंकका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबबाट मान्यता प्राप्त सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रको बिक्री प्रवन्धकको काम  सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।