कोरोनाविरुद्ध सहयोग जुटाउन जोडतोडले लाग्न दूताबासहरुलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले १३ मुलुकमा रहेका नेपाली दूताबासहरुलाई कोरोनाभाइरस महामारीमा नेपालका लागि आवश्यक सहयोग जुटाउने कार्यमा अझ जोडतोडले लाग्न निर्देशन दिएका छन् ।

सनिबार साँझ नेपाली मिसन र राजदूतहरुसँग एक भर्चुअल मिटिङमा कुरा गर्दै उनले यस्तो निर्देशन दिएको मन्त्रालयले बताएको छ ।

मन्त्री ज्ञवालीले मानवीय सहायताको क्षेत्रका काम गरिरहेका संस्था, निजी क्षेत्र तथा नेपाली डायस्पोरासँग पनि सहकार्य गर्न सकिने क्षेत्रहरु खोज्न पनि निर्देशन दिएका छन् ।

यसका साथै विदेशमा रहेका नेपाली नागरिकहरुको सुरक्षा र स्वास्थ्य रक्षालाई उच्च प्राथमिकता दिन उनले सुझाव दिएका छन् ।

मन्त्रालयले यसअघि नै विदेशस्थित नेपाली नियोगहरुलाई कोरोनाभाइरसविरुद्धको लडाईंमा आवश्यक उपकरण तथा सामग्रीलगायत सहयोग जुटाउन निर्देशन दिएको थियो ।

यसैवीच युरोपेली संघका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीको प्रयासमा संघले नेपाललाई २० लाख युरो बराबरको सहयोग गर्ने भएको छ भने अमेरिकाबाट पनि चाँडै सहयोग आउने मन्त्रालयले बताएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।