प्रहरीले व्यक्तिगत प्रयोजनको लागि अक्सिजन सिलिण्डर लगेको छैन : प्रधान कार्यालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी प्रधान कार्यालयले व्यक्तिगत प्रयोजनका लागि कुनै पनि अक्सिजन सिलिन्डर प्रहरीले नलगेको दाबी गरेकाे छ। 

प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गरी विभिन्न सामाजिक सञ्जालमा लगाइएको आरोपको खण्डन गर्दै यस्ताे दाबी गरेकाे हाे।

विज्ञप्तिमा भनिएको छ–‘‘नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिण्डरहरु लैजाने गरेको’ भन्ने जस्ता कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रष्ट गर्दै यस विषम घडीमा पनि निष्ठतापूर्वक अहोरात्र खटिने संगठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाईनु, सामाजिक संजालमा प्रचार र प्रचारित हुनु आफैमा दुःखद रहेको छ । त्यस्ता भ्रामक सूचना प्रति विश्वास नगर्न सम्पूर्णलाई आग्रह समेत गर्दछौ । महामारी विरुद्धको यो अभियानमा नेपाल प्रहरी फेरी पनि स्वास्थ्य क्षेत्रलाई पुऱ्याउनु पर्ने हर सहयोगका लागि प्रतिबद्ध छ ।’’

त्यसैगरी विज्ञप्तिमा पीडाको यस घडीमा १ जनाको ज्यान बचाउन सकिएमा पनि पुण्य हुने ठानी खटिएका प्रहरीका तमाम कर्मचारीले निर्वाह गरेको कर्तव्यपालनका सम्बन्धमा नै सर्वसाधारणलाई गलत सन्देश पुग्ने प्रकृतिका सूचना सम्प्रेषण हुनु सर्वथा अनुचित रहेको पनि उल्लेख छ ।

यस्तो छ आईजीपीको सचिवालयले जारी गरेको विज्ञप्ति

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।