प्रधानमन्त्री अ‍ोलीले लिए पद तथा गोपनियताको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट ओलीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

कोरोना संक्रमणका कारण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले शपथ ग्रहण समारोहमा विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति छैन । 

समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरू उपस्थिति छ । 

तेस्रोपटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । 

नयाँ सरकारका लागि राष्ट्रपतिले दिएको समयसीमामा दलहरुले बहुमत दाबी गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

नियुक्तसँगै कम्युनिस्ट पार्टीबाट धेरैपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति बनेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।