कोरोना विरुद्धको पहिलो खोप लगाउन चाहानेले के गर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सहित विश्वका विभिन्न देशमा कोभिड-१९ विरुद्धको खोप तीव्र रुपमा सञ्चालनमा रहेको छ ।

कोरोनाले त्रसित अधिकांश मानिसहरु खोप लगाउन चाहन्छन्। तर सरकारले पहिलो चरणको खोप प्राथमिकताको आधरमा सञ्चालन गरेको थियो ।

प्राथमिकताको कारण नै धेरै जसोले खोप लगाउन पाएका थिएनन् । सरकारले प्राथमिकताका आधारमा चरणगत रुपमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरेपनि सर्वधारणले भने अझै सहज रुपमा खोप लगाउन पाएका छैनन् ।

उमेरगत हिसाबमा चिनियाँ खोप भेरोसेल लगाउन सुरु गरेपनि कोरोना संक्रमण बढेसँगै भिडपनि उत्तिकै भएर निषेधाज्ञा सुरु भएपछि बन्द गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकलाई स्वैच्छिक फारम भर्न आग्रह गरेको छ ।

योजना तथा व्यवस्थापन गर्नका लागि सहज फारम भर्न आग्रह गरेकोले भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

स्वैच्छिक व्यक्तिगत दर्ता फारम भएकाले यो दर्ता फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सो माथिका व्यक्तिहरूले भर्न सक्नेछन् । खोप लगाउन चाहने व्यक्तिले स्वैच्छिक दर्ता फारम https://vaccine.mohp.gov.np/ साइटबाट भर्न सकिने स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ ।

कोभिड-१९ महामारी बिरुद्धको खोप लगाउनको लागि फारममा तपाईको पुरा नाम, ठेगाना, जन्म मिति, पेशा, तपाईलाई कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, इत्यादी भर्नु पर्ने हुन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।